तानसेन नगरपालिकाका नियमित कामहरु बन्द

तानसेन राष्ट्रिय समाचार

पाल्पा २५ भदौ
पाल्पाको तानसेन नगरपालिकाका नियमित सेवाहरु बन्द गरिएका छन् । नगरपालिकाका कार्यपालिका सदस्य तथा केही वडा अध्यक्षलाई आजै कोरोना संक्रमण पुष्टि भएपछी नगरपालिकााका सेवाहरु बन्द गर्ने निर्णय भएको बताइएको छ । तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले आज केही जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव संकलन गर्ने र भोली देखी नगरपालिकाको कार्याल नै बन्द गर्ने पाल्पापाटीलाई बताउनुभयो । तानसेन नगरपालिकाका केही जनप्रतिनिधिहरु स्वाव दिएपछी पनि नगरपालिकाको वैठकमा आएको र आज कोरोना पुष्टि भएको बताइएको छ ।