पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

तानसेन तिनाउ निस्दी पूर्वखोला माथागढी रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो।
आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। संक्रमितमध्ये २५ जना पुरुष र ३ जना महिला रहेका छन्। यी मध्य दुईजना वडा अध्यक्ष रहेका छन्। तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका विभिन्न वडाका दुई जना वडाध्यक्ष रहेका छन्। उनीहरू सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या ६४० पुगेको छ। जसमध्य ५८१ पुरुष र ५९ जना महिला रहेका छन्। ५७० जना निको भएर घर फर्किएका छन्। २ जनाको मृत्यु भएको छ।
पाल्पामा भयाभयको स्थीती आउन सक्छः स्वास्थ्य कार्यालय
यो अन्र्तवार्ता हेर्नुहोस ।