पाल्पामा एकैदिन २८ जनामा कोरोना पोजेटिभ

तानसेन रम्भा राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा २५ भदौ, २०७७
स्वास्थ्य कार्यालय पाल्पाको आज विहान ८ वजेको रिपोर्ट अनुसार पाल्पामा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तानसेन नगरपालिका १६ जना, रम्भा गाउपालिकाका ९ जना र अस्पताल तथा अन्यका ३ जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । समुदायस्तरका र अन्य विवरण आउन वाँकी रहेको बताइएको छ ।