काेराेना पुष्टि भएपछि बगनासकालिकाे केही क्षेत्र सिल

राष्ट्रिय वगनासकाली समाचार

समुदायमा काेराेना पुष्टि भएपछि बगनासकालिकाे केही क्षेत्र सिल
पाल्पा २२ भदाैं ।
जिल्लाकाे बगनासकालि गाउँपालिकाले वडा नं ७ र ८ का केही क्षेत्रहरू सिल गर्ने निर्णय गरेकाे छ । साे क्षेत्रमा समुदाय स्तरमा काेराेना संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय भएकाे हाे । वडा नं ७ काे वडा कार्यालय,देउराली लगायतका क्षेत्रमा पसल नखाेल्न,यातायातका साधन नचलाउन र स्थानियलाई अनावश्यक हिड्डुल नगर्न अग्रह गरिएकाे गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताउनुभयाे ।