पाल्पामा एकैदिन १६ जना कोरोना संक्रमित थपिए

राष्ट्रिय समाचार

पाल्पा २१ भदौ
पाल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितहरु थपिएका छन् । यो पाल्पामा पछिल्ला दिनमा थपिएका संक्रमितमध्येको धेरै संख्या हो।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ५ जना, रैनादेवी छहराका गाउँपालिकाका २ जना, वगनासकाली गाउँपालिकाका १ जना र तिनाउँ गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।