मठ मन्दिरमा बस्ने बृद्धबृद्धाहरु छाक टार्न समस्यामा

तानसेन राष्ट्रिय समाचार

ऋषिकेश मन्दिरको पाटी र पौवामा बसेर गुजारा गर्दै आउनुभएका वृद्ध बुवा आमालाई अहिले छाक टार्न मुस्किल पर्न थालेको छ । कोरोना संक्रमण फैलदै जान थालेपछी सरकारले गरेको लकडाउनले मन्दिर पनि पुर्ण रुपमा बन्द भयो । मन्दिरमा आउने भक्तजनले दिएको भेटीले गुजारा चलाउदै आउनुभएका बृद्धवृद्धाहरु मन्दिर बन्द भएपछी छाक टार्नै समस्यामा परेको बताउनुहुन्छ । मन्दिरले खान दिदैन आफन्त छैनन् २५ वर्षदेखी मन्दिरमा बस्दै आउनुभएकी सीता पौडेल भन्नुहुन्छ मेरो त कोही छैनन, आफन्त भएकाहरु पनि भेट्न आउन पाएनन् । थप यो भिडियो रिपोर्टमा ।