पाल्पामा आज २ जना कोरोना संक्रमित थपिए

तानसेन राष्ट्रिय समाचार

पाल्पा १४ भदौ
पछिल्लो २४ घण्टामा पाल्पामा २ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार अस्पतालमा उपचाररत विरामीमा कोरोना पोजेटिभ देखिएको हो । चितवन मेडिकल कलेज चितवन र लुम्बिेनि मेडिकल कलेज प्रभास पाल्पामा उपचारत विरामीमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । संक्रमित दुबै जना रम्भा गाउँपालिकाका ६७ र ६४ वर्षीय पुरुष रहेका छन ।