पाल्पामा कोरोना संक्रमित एक जनाको मृत्यु

तानसेन राष्ट्रिय समाचार

पाल्पा १२ भदौ

पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एकजना विरामीको मृत्यू भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार गराइरहेको थियो ।

उहाँको मुटु सम्बन्धि समस्या रहेको थियो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो । उहाँलाइ आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र साँझ निधन भएको अस्पतालका कोभिड फोकल पर्सन डा ममता कोइरालाले जानकारी दिनुभयो ।
यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भएको थियो । पाल्पामा अहिले सम्म कुल ५ सय ७३ जनालाइ कोरोना पोजेटिभ देखिएकोमा ५ सय ६१ जना निको भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो ।