२४ घन्टाभित्र ११ जना कोरोना संक्रमितको निधन, मृत्यु हुने दर ०.५ प्रतिशत

राष्ट्रिय समाचार

पाल्पा ११ भदौ
विगत २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा नौ पुरुष र दुई महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महोत्तरी जिल्लाका ६०, ७२ र ७५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो। त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय पुरुषको निधन भएको छ । बाराका ४१ र ४६ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय पुरुषको निधन भएको हो । त्यसैगरी भक्तपुरकी ५३ वर्षीया महिला र मोरङकी ३७ वर्षीया महिलाको पनि निधन भएको मन्त्रालयको भनाइ छ । यो समेत नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक सय ७५ पुगेको छ । गौतमका अनुसार हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.५ प्रतिशत रहेकोछ ।