आज ५२५ जनामा कोरोना संक्रमण पुष्टि, पाल्पामा पनि १ जना थपिए

राष्ट्रिय समाचार

पाल्पा २९ साउन
पछिल्लो २४ घण्टामा कोराना भाइरस कोभिड–१९ का ५२५ जना संक्रमित थपिएका छन् । त्यसैगरी थप दुई जनाको मृत्यु भएको छ

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

थप दुई जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ । अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा मृत भेटिएका बारा बिश्रामपुरका ३८ वर्षीय पुरुषको तथ्यांक समावेश छैन ।

पाल्पामा पनि एक संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टाको रिपोर्टमा पाल्पाका १ जना संक्रमित थपिएका हुन् । थपिएका संक्रमित तानसेन नगरपालिकाका भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।