आशिंक प्राध्यापकहरुद्धारा क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

विष्णु घिमिरे
पाल्पा, साउन २५
तानसेन त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका आशिंक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । लकडाउन अवधी तथा कोरोना संकटको वेलामा पारिश्रमिक पाउनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।
पेषागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने तथा कोरोना संकटको वेलाको पारिश्रमिक दिनुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरुले ताला लगाएका हुन् । आशिंक प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण आलेले विश्वभर महामारी फैलिएको कोरोनाको संकटको वेला पनि ४, ५ महिना देखी पारिश्रमीक नदिएकोले ताला लगाउनु परेको बताउनुभयो ।
उहाँले भोकले कुनै पनि नागरिक मर्न पर्दैन भन्ने सरकारले क्याम्पसका आशिंक प्राध्यापकहरुलाई भोकै मर्ने अवस्थामा छाडेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकहरुले लामो समयदेखी आन्दोलन गर्दै आएका छन् । कोरोना संकटको महामारीमा शिक्षा क्षेत्रलाई राज्यले उपेक्षा गरेको उनीहरुको भनाइ छ ।


त्रिभुवन वहुमुखी क्याम्पस तानसेन पाल्पामा आंशिक प्राध्यापकको रुपमा अध्यापन गराउदै आउनुभएकी प्रतिमा पौडेलले राज्यले वौद्धिक शोषण गर्दै न्यूनतम ज्यालामा काम गराउने त्यसमा पनि ज्याला नदिने गरेको बताउनुभयो । वालवच्चा पाल्नै अप्ठेरो परयो, यस्तो महामारीमा थप इन्सेन्टिभ हुने त कहा हो कहाँ आफ्नै ज्याला पनि पाइएन, पौडेलको भनाई छ ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पामा ४० जना आंशिक प्राध्यापकहरु रहेका छन् । ११ वर्षदेखी आशिंक प्राध्यापकहरु पनि अहिले अध्यापन गराइरहेका छन् । त्रिभुवन बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले यो देशव्यापी समस्या भएको र त्रिभुवन विश्व विद्यालयले नै निकास निकाल्नुपर्ने बताउनुभयो ।प्राध्यापकहरुले भोली देखी थप आन्दोलनका कार्यक्रमहरु गर्ने बताएका छन् ।