तिनाउका स्वास्थ्य संस्थाहरुको कार्यप्रगती समिक्षा सम्पन्न

तिनाउ राष्ट्रिय समाचार

कला न्यौपाने
पाल्पा २२, साउन
तिनाउ गाउपालिका पाल्पाले आफनो कार्यपालिका अन्तर्गत रहेका ४ वटा स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाईहरुको आ.व.०७६÷७७ कोे कार्यप्रगतिको समिक्षा गरेको छ । प्रमुख अतिथि तिनाउ गाउपालिकाका उपाध्यक्ष दमयन्ती थापा, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, सम्पुर्ण वडा अध्यक्ष, पाल्पा स्वास्थ्य कार्यालयका प्रभास पन्थी, ओम प्रकास पन्थी, सुआहाराका फिल्ड सुपरभाइजर दिनेश घिमिरे,सुवास दवाडीका साथै १२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।


नर्सिङ निरिक्षक रीता कुमारी थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । प्रत्येक स्वास्थ्य संस्था प्रमुखले आ–आफनो कार्य प्रगतिको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य संयोजक कृष्ण कार्कीले अघिल्ला दुई आ.व को तथ्यांक सँग तुलना गदै समंग्र गाउपालिकाको कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो । सुआहाराका सुपर भाइजर दिनेस घिमीरेले पोषणको क्षेत्रमा समन्वय राम्रो भएकाले सुचकहरुमा सुधार आएको बताउनु भयो । तिनाउ गाउपालिकाका उपाध्यक्ष दमयन्ती थापाले तिनाउ गाउपालिकालाई पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्नका लागि काम गरिरहेको बताउदै दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर यसै आ.व बाट संचालन गर्ने बताउनु भएको छ । कार्यक्रम तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तिको अध्यक्षमा सम्पन भएको थियो ।