सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडकखण्ड एकतर्फी संचालनमा

राष्ट्रिय समाचार

पाल्पा १८ साउन
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोको कारण सडक भासिदा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग केही वेर अगाडीबाट संचालनमा आएको हो । सडकमा ठुला सवारीका साधन संचालनमा रोक लगाइएको थियो भने आइतबार दिउसो ४ बजेबाट सडक मर्मत गरी एकतर्फी रुपमा ठुला सवारी साधन समेत संचालनमा आएका छन् ।
पहिरो झर्ने सम्भावना भने भएकोले नागरिकको सुरक्षालाई दृष्टिगत गरी वेलुका ८ बजे देखि विहान ६ बजेसम्मको लागि अत्यावश्यक वाहेक सवै प्रकारका सवारी साधनको आवागमनमा लगाईएको रोकलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तस्वीरः सेरोफेरो न्यूज डट कम