विद्यालयको कक्षा संचालन नगर्न जिल्ला प्रशासन पाल्पाको अनुरोध

राष्ट्रिय समाचार

पाल्पा १६ साउन
जिल्ला प्रशासन कार्यालय पाल्पाले विद्यालयहरुलाई कक्षा संचालन नगर्न भनेको छ । शुक्रवार एक सूचना जारी गर्दै पाल्पामा केही विद्यालयहरुले कक्षा संचालन गर्ने गरेको सूचना आएको भन्दै कक्षा संचालन नगर्न भनेको हो ।
कोभिड १९ को कारण जारी लकडाउनको औपचारिक अन्त्य भएपनि जोखिम बढ्दै गएका कारण मेला, पर्व, महोत्सव तथा विद्यालयहरुमा कक्षा संचालन नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।