बगनासकाली गाउपालिकाका सबै क्वारिन्टन खाली भए

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा १४ साउन
बगनासकाली गाउपालिकामा बनाइएका सबै क्वारेन्टिनहरु खाली भएका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन बगनासकाली गाउँपालिकामा स्थापना भएका सवै क्वारेन्टीन र आइसोलेशन आजदेखि खाली भएका हुन्।
आइशोलेशन र क्वारेन्टाइन रहेका १८ जनालाई बुधबार घर पठाएसँगै पूर्ण रूपमा रित्तिरएको वगनासकाली गाउपालिकाले जनाएको छ ।
बुधबार वडा नं। १ को ग्राम्य मा।वि।, वडा नं। ५ को सरस्वती आधारभूत विद्यालय, वडा नं। ५ को हिमालयन आधारभूत विद्यालयका गरी १८ जनालाई घर पठाएसँगै १७ वटै विद्यालयका क्वारेन्टाइन खाली भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।
यसैविच सबै क्वारेन्टिन तथा आइशोलेसन कक्षहरुमा स्यानिटाइज गर्ने काम सुरु भएको छ । कोरोना संक्रमणको आशंकामा राखिएका क्वारिन्टिन तथा आइसोलेसन कक्षहरुलाई पूर्णरुपमा स्यानिटाइज गर्न लागिएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पाल्पापाटीलाई जानकारी दिनुभयो .