सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध

तिनाउ राष्ट्रिय समाचार

पाल्पा १३ साउन
अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिकाको सिद्धबाबा, पैठेडाँडा, ड्यामसाइड, गौडेपुलमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

वर्षा रोकिनासाथ डोजर, लोडर लगाएर पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।