रम्भा पाल्पामा ढुङ्गा माटो सहितको भलले बगाई एककाे मृत्यू

रम्भा

पाल्पा १३ साउन
रम्भा गाउँपालिका १, पाल्पामा ढुङ्गा माटो सहितको भलले बगाई एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा भल तर्काउन गएका ३० वर्षीय युवाको मृत्यु भएको हो ।

रम्भा गाउँपालिकाको वडा नं १ देखी वडा नं २ को फोक्सिङकोट जाने सडकबाट आएको भलले बगाउँदा रम्भा गाउपालिका १ असेर्दीका दिनेश अर्यालको मृत्यु भएको स्थानीय दिपक पौडेलले बताउनुभयो । राती ३ बजे खेतमा पसेको भल तर्काउन दाइसँगै खेतमा जानुभएका अर्याल अचानक आएको भलले बगाउँदा मृत्यु भएको हो । उहाको शव पुरिएको अवस्थामा भेटिएको पौडेलले बताउनुभयो ।