प्रेस युनियन पाल्पाले पत्रकारहरुलाई ज्याकेट वितरण

तानसेन राष्ट्रिय समाचार

पाल्पा १० साउन

पाल्पामा जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । नेपाल प्रेस युनियन पाल्पाले युनियनका केन्द्रिय सल्लहाकार शिब लम्सालको पहलमा प्राप्त प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो । कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाइ ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
१५ थान ज्याकेट, मास्क र सेनिटाइजर क्रियाशील पत्रकारलाई वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच युनियनले उक्त सामग्री वितरण गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर राना, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, युनियनका सभापति भरत शर्माले उक्त सामग्री पत्रकारहरुलाई वितरण गरेका थिए ।