सिद्धार्थ राजमार्ग ३ दिनपछी सुचारु

तानसेन तिनाउ

पाल्पा, आइतबार ४ साउन

सिद्धार्थ राजमार्ग ३ दिनपछी सुचारु भएको छ । आइतबार वेलुकीबाट पहिरो पन्छाएर यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । डुम्रेमा खसेको एउटा पहिरो पन्छाउन नसक्दै पुन सिद्धवावामा अर्को पहिरो खसेको थियो । आइतबार विहान तिनाउ गाउँपालिका दोभान बजारनजिक ठूलाठूला ढुंगासहित पहिरो खसेको थियो भने ।राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८, गौडेपुलनजिकै खसेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजनले दुवैतर्फबाट लोडर र एक्स्काभेटर लगाएर पहिरो हटाएपछी सडक सुचारु भएको हो ।