सिद्धार्थ राजमार्ग अझै खुलेन

तानसेन राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा
शनिवार ३ श्रावण
सिद्धार्थ राजमार्गमा शुक्रबार रातिदेखि अवरुद्ध भएको यातायात अझै खुलेको छैन । राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै शुक्रवार राती ठूलो पहिरो खसेको खसेपछी राजमार्ग अवरुद्ध भएको हो ।
सडक सुचारु गर्न २ वटा डोजरको प्रयोग गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले शनिवार दिनभरपन्छाउउदा पनि सडक सुचारु हुन नसकेको प्रभास प्रहरीचौकीका प्रमुख एक्का बहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार थप पहिरो नगएमा आइतवार साझँ सम्ममा सडक सुचारु हुन सक्नेछ ।


सडक अवरुद्ध हुदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरो निकै ठूलो गएपनि २ वटा सामान्य डोजरको प्रयोग गर्दा काममा ढिलाई भएको यात्रुहरुले गुनासो गरेका छन् ।
शुक्रवार सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको थियो।