तानसेन नगरपालिकाद्धारा कृषकहरुलाई यान्त्रिक उपकरण सहयोग

तानसेन राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा आइतबार २८ असार
तानसेन नगरपालिका पाल्पाले कृषकहरुलाई यान्त्रिक उपकरण सहयोग गरेको छ । नगरपालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई कृषिमा आधुनिकिकरण र व्यवसायिक बन्न सहयोग पुरयाउने उद्येश्यले यान्त्रिक उपकरणहरु सहयोग गरिएको तानसेन नगरपालिका पाल्पाले जनाएको छ ।
तानसेन नगरपालिकाका विभिन्न वडाका कृषकहरुलाई २६ वटा कम्बाइन मिल वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएको कम्वाइन मिलले कुटानी पिसानीमा सजिलो हुने कृषकहरुले बताएका छन् । तानसेन ११ बन्दिपोखराकी बृन्दा थापा गाउँमा भएको कुटानी पिसानी गर्ने मेसिन हटाएपछी वजारमा आउनुपरेको थियो । अव आफ्नै घरमा मेसिन जडान गरेपछी आफुलाई र गाउँलाई नै सहयोग पुग्ने बताउनुहुन्छ ।
तानसेन ७ कुन्सरेमा पनि कुटानी पिसानी गर्न गाउदेखी टाँढा जानुपर्छ, कतिवेला पालो आउछ थाहै हुदैन । देवी ढकाल भन्नुहुन्छ अन्त कुटानी पिसानी गर्न जादा घरका काम समेत विग्रने गरेका छन्, अव आफ्नै घरमा मेसिन राखेपछी सजिलो हुनेभयो ।
तानसेन नगरपालिकाले ३७ वटा मिनी टिलर हाते टयाक्टर,, १३ वटा च्याप कटर घाँस काट्ने मेसिन तथा ५ वटा वोयर जातका विउबोका वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएको हाते ट्याक्टर पाउँदा कृषकहरु हर्षित भएका छन् । तानसेन १० का सुरेन्द्र कार्की वर्षभरी गोरु पाल्न भन्दा ट्याक्टर सजिलो हुने बताउनुहुन्छ । डल्ला फोर्न नपर्ने, माटो मसिनो हुने तथा गोरुले जोत्न भन्दा सस्तो पर्ने भएकोले ट्याक्टर माग गरेको सुरेन्द्रको भनाई छ ।
आजभोली गाउँघरतिर पनि गोरु पाल्न तथा जोत्न कमी हुन थालेको छ । गोरु नपाइने, पाइएपनि महङगो पर्ने, कृषि काम गरी लगानी पनि नउठ्ने भएकोले कृषकहरु हाते ट्याक्टर थर्फ आर्कषित हुदै आएका छन् ।
तानसेन १० कै मिथेस विष्ट अरुकै ट्याक्टर भाडामा लिएर जोत्दै आउनुभएको थियो । तानसेन नगरपालिकाले सहयोग गरेपछी आफ्नै टयाक्टर हुदा कृषिमा काम गर्न थप जोस आएको बताउनुहुन्छ ।
तानसेन नगरपालिकाले धेरै जग्गा जमिन हुने तर जोत्न गोरु नपाइने कृषकहरुलाई हाते टयाक्टर, पशु चौपाय धेरै पालेका कृषकहरुलाई कम्वाइन मेसिन वितरण गरेको छ । हाते टयाक्टर ३७ वटा, कम्वाइन मेसिन २६ वटा, घाँस काट्न च्याप कटर १३ वटा वितरण गरेको छ । त्यसैगरी व्यवसायिक पशुपालनका लागि ५ वटा वोयर जातका विउबोका वितरण गरेको छ ।
कृषिमा यान्त्रिकरण गरी व्यवसायिक बनाउने उद्येश्यले यान्त्रिक उपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । नगरप्रमुख शाहीका अनुसार तानसेन नगरपालिकाले स्वास्थ्य पछाडी महत्वका साथ कृषि क्षेत्रलाई हेरेको छ ।
यतिवेला कृषिमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । कृषकहरु पनि नयाँ तथा यान्त्रिक प्रविधि संचालन गरी कृषि पेश ागर्न चाहन्छन् । तानसेन नगरपालिकामा यान्त्रिक उपकरण माग गर्नेको संख्या उल्लेख्य छ । गत वर्ष देखी तानसेन नगरपालिकाले कृषकहरुको मागका आधारमा यान्त्रिक उपकरणमा ५० प्रतिशत अनुदानमा सामाग्री सहयोग गर्दै आएको उपप्रमुख लक्ष्मीदेवी पाठक वताउनुहुन्छ ।