तिनाउ गाउपालिकाद्धारा दुध उत्पादन गर्ने किसानलाई अनुदान

तिनाउ राष्ट्रिय समाचार

विष्णु घिमिरे
शुक्रवार २६ असार, पाल्पा
तिनाउ गाउपालिका पाल्पाले आफ्नो पालिका क्षेत्रभित्रका दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान उपलब्ध गराएको छ । डुम्रे दुग्ध उत्पादक सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाको दरले किसानलाई अनुदान उपलब्ध गराएको गाउपालिका अध्यक्ष ओम बहादुर घर्तीले पाल्पापाटीलाई जानकारी दिनुभयो ।
तिनाउ गाउपालिकामा सबैभन्दा बढी दुध विक्री गर्ने मुनाल गाई फर्मका संचालक सरस्वती जिसीले ८५ हजार अनुदान प्राप्त गर्नुभएको थियो । कृषकहरुलाई ५ लाख रुपैया अनुदान स्वरुप वितरण गरिएको प्रमुख प्रशाशकिय अधिकृत दामोदर भण्डारीले बताउनुभयो । अनुदान वितरण कार्यक्रममा वडाअध्यक्षहरु टोम बहादुर पुन र दल बहादुर दर्लामी, स्थानीय टीका भण्डारी र रामजी घिमिरे लगायतले कोरोना भाइरसका कारण अर्थतन्त्रमा असर परेका वेला गाउपालिकाको सहयोगले कृषकहरुलाई राहत मिलेको बताउनुभयो ।
सहकारी सस्थाका उपाध्यक्ष दुर्गा विष्टको स्वागत तथा संस्थाका अध्यक्ष दुर्गा खाँडको अध्यक्षतामा अनुदान वितरण कार्यक्रम भएको थियो । यस अगाडी तिनाउ गाउपालिकाले दुध प्रशोधन मेसिन खरिदमा सहयोग, दुध प्याकेजिङ मेसिन, दुध राख्ने क्यान, कृतिम गर्भाधान तथा औषधी र प्राविधिक सहयोग गरिसकेको बताइएको छ ।