पाल्पामा पछिल्लो २४ घण्टामा २ जना नयाँ संक्रमित थपिए

राष्ट्रिय समाचार

पाल्पा
आइतबार २१ असार

पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । शनिबार स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४ सय ९२ पुरुष र ४४ महिला सहित संक्रमितको संख्या ५ सय ३६ पुगेको हो । शनिबार २ जना नयाँ संक्रमित थपिएका थिए । पाल्पा जिल्लामा अहिले सम्म १८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।