आँगन बहुउद्देश्यीय सहकारीको प्रारम्भिक साधारण तानसेनमा

तानसेन

पाल्पा
आइतबार २१ असार
आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रारम्भिक साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ।
सभाले भीमलाल भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सहकारी सञ्चालक समिति चयन गरेको छ। जसको उपाध्यक्षमा गोपालप्रसाद बश्याल, सचिवमा मिलन विश्वकर्मा, सहसचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा अम्बिका पाण्डे रहेका छन्। सदस्यहरूमा रामप्रसाद भट्टराई, रामप्रसाद खनाल, कमला सारू, अञ्जु भण्डारी, सकुन शाक्य र श्रीप्रकाश ढुंगाना चयन भएको निर्वाचन उपसमितिका संयोजक घनश्याम भट्टराईले बताउनुभयो ।
यसैगरी भेलाले भबिन्द्र गौतम संयोजक रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ। सदस्यहरूमा बालकृष्ण बश्याल र मञ्जु रेग्मी रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारीले जनमैत्री अभियान संचालन गर्नुपर्ने बताउनुभयो । निर्वाचन उपसमितिका संयोजक घनश्याम भट्टराइले सहकारी विपन्न परिवारको सारथी बन्नुपर्ने बताउनुभयो । कुमारी बैंक पाल्पा शाखा प्रमुख अम्बिकाप्रसाद बश्यालले पारदर्शी र जवाफदेही भएर संस्था सञ्चालन गर्न सुझाव दिनुभयो । वयोवृद्ध टीकाराम बश्यालले एकताको भाव लिएर सहकारीमार्फत जनताको दुख सुखमा सहकार्य गर्नुपर्ने भनाइ राख्नुभयो ।
१२५ जना शेयर सदस्य रहेको सहकारीमा ३१ लाख बढी शेयर पूँजी रहेको छ। सभाले संस्था सञ्चालनका लागि विभिन्न नीति निर्देशिका सहित अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ।
गएको पुस महिनामा तानसेन नगरपालिकामा दर्ता भएर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। सहकारीले सुपथ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तो र गुणस्तीरय खाद्यवस्तु उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष भीमलाल भट्टराइले जानकारी दिनुभयो ।