पछिल्लो २४ घन्टामा दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय समाचार

काठमान्डौं
शनिबार २०, असार
पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हाल सम्म संक्रमित हुनेको संख्या १५ हजार चार सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घन्टा मा दुई सय ७२ जना निको भएर डिस्चार्ज भएका छन् ।
हाल संक्रमित भइ आइसोलेनमा बस्ने नौ हजार ४२ जना छन् । क्वारेन्टाइनमा बस्नेको संख्या ३३ हजार एक सय २५ जना छन् । कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमित गोरखाका ४४ वर्षीय पुरुषको २० असारमा मृत्यु भएको हो । त्यसैगरी रुपेन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसमेत कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३४ पुगेको छ । शनिबार स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४ सय ९० पुरुष र ४४ महिला सहित संक्रमितको संख्या ५ सय ३४ पुगेको हो । शनिबार १४ जना नयाँ संक्रमित थपिएका थिए । पाल्पा जिल्लामा अहिले सम्म १८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।