पाल्पामा कोरोना संक्रमितको संख्या ५ सय २०

राष्ट्रिय समाचार

शुक्रबार १९ असार
पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २० पुगेको छ । शुक्रवार स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ४ सय ७७ पुरुष र ४३ महिला सहित संक्रमितको संख्या ५ सय २० पुगेको हो । शुक्रवार २ जना मात्र नयाँ संक्रमित थपिएका थिए ।
जिल्लामा कोरोना संक्रमित मध्ये माथागढी २७, रामपुर ११४, पूर्वखोला १५९, रैनादेवी ३३, रम्भा ३९, बगनासकाली २८, तिनाउ ६, रिब्दीकोट ५, निस्दी ९५, तानसेन, ११ तथा अन्य अस्पतालका ३ जना रहेको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पा जिल्लामा अहिले सम्म १८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।