नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार बढी

राष्ट्रिय समाचार

शुक्रबार १९, असार
पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा सात सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशभरिबाट आठ सय २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार एक सय ४३ पुगेको छ ।
कोरोनाका कारण नेपालमा थप १ जनाको निधन भएको छ । उपचारका क्रममा १७ असारमा मृत्यु भएका काठमाडौं नयाँ वानेश्वरका ८५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।