पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय १४

राष्ट्रिय समाचार

पाल्पा
मंगलबार १६ असार

पाल्पा जिल्लामा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार र मंगलबार भैरहवा स्वास्थ्य प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणबाट ४१ जना थप भएका हुन् । नया थपिएका ४१ मध्ये ३८ जना पुरुष र ३ जना महिलारहेको स्वास्थ्य कार्यालय तानसेनले जनाएको छ । संक्रमित हुनेहरुमा रम्भा गाउँपालिकाका १५ जना पुरुष, २ महिला गरी १७ जना, रैनादेवी छहरा गाउँपालिकाका १२ पुरुष, १ महिला गरी १३ जना, पूर्वखोलाका १० जना पुरुष र रामपुर नगरपालिकाका १ जना पुरुष रहेका छन् । यस संगै पाल्पा जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय १४ पुगेको छ ।