के मा बढ्यो, के मा बजेट घट्यो ? हेर्नुहोस बजेटका मुख्य १४ बुँदा

राष्ट्रिय समाचार

संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७७८ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नुभएको बजेटका यस्ता छन् महत्वपूर्ण बुँदाहरु

१। डिजेल, पेट्रोल तथा सुनमा भन्सार शुल्क बढ्यो
२। कोरोनाविरूद्धको अग्रपंक्तिमा खटिनेबाहेक सरकारी कर्मचारीको भत्ता कटौती, अन्य खर्चमा पनि कटौती
३। सांसद विकास कोषलाई निरन्तरता, छुट्याइयो ६ अर्ब ६० करोड बजेट
४। खेलकुदको बजेट डेढ अर्ब घट्यो
५। शिक्षामा ८ अर्ब बजेट बढ्यो६। श्रमिकलाई तलब दिन व्यवसायीका लागि कोष
७। पोहोरभन्दा स्वास्थ्य बजेट २१ अर्ब बढ्यो
८। आन्तरिक ऋण विकासमा मात्र खर्च हुने
९। स्वास्थ्यको बजेट पूर्वाधार र कोरोनामा केन्द्रित
१०। सुरक्षाकर्मीलगायत राष्ट्रसेवकको पोशाक(जुत्ता स्वदेशमै उत्पादन गर्न व्यवस्था मिलाइने
११। प्रधानमन्त्री रोजगार कार्यक्रम स् थप २ लाख नागरिकलाई रोजगारी दिइने
१२। ५० करोड सुरूआती लगानीमा सरकारले भूमि बैंकको स्थापना गर्ने
१३। २ वर्षभित्र सबैको पहुँचमा नवीकरणीय उर्जा
१४। आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान