चौतर्फी विरोध भएको ‘सांसद पोस्ने’ कार्यक्रमलाई निरन्तरता

राष्ट्रिय समाचार

काठमान्डौं १५ जेठ
सांसद पोस्ने’ कार्यक्रम भनेर चौतर्फी विवाद र आलोचना भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा योजना छनौट गरिने कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले बताउनुभयो ।

संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७७८ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कार्यक्रम अन्तर्गत एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक निर्माण गरिने बताउनुभयो ।
कोरोना संक्रमण फैलिएपछी स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको चौतर्फी विरोध भएको थियो । उक्त बजेट कटौती गरि स्थानीय तहमा लगानी गर्नुपर्ने माग उठ्दै आएपनि सरकारले भने निरन्तरता दिएको छ ।