पाल्पाका ८५ जना पत्रकारहरुको कोरोना बिमा

तानसेन राष्ट्रिय समाचार

पाल्पा १२ जेठ

पाल्पाका पत्रकारहरुको कोरोना विमा गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पामा आवद्ध ८५ जना पत्रकाहरुको विमा गरिएको पत्रकार महासंघ, पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको सहयोगमा एक लाख बराबरको कोरोना विमा गरिएको हो । विमा पछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी पत्रकारहरु सक्रिय रुपमा लागी पर्ने विश्वास गरिएको तानसेन नगरपालीकाले जनाएको छ । पत्रकार महासंघले कोरोना संग जुधौ, बाचौ र बचाऔं भन्ने शंदेशका साथ कार्यक्षेत्र खटिने विश्वास लिएको बताइएको छ । कोरोना संक्रमणका बेला पनि फिल्डमा समाचारका लागि खटिएका पत्रकारहरुको विमा गरिएको जानकारी दिइएको छ ।