कोरोना परीक्षणको लागि १ हजार २ सय ८८ किट पाल्पा आइपुग्यो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा ६ वैशाख
स्वास्थ्य मन्त्रालयबाट कोरोना जाँच गर्ने किट सहितका स्वास्थ्य सामाग्री पाल्पा आइपुगेका छन् । स्वास्थ्य सेवा विभागबाट आएका सामाग्रीहरु सोमवार कोरोना नियन्त्रण जिल्ला समितिलाई हस्तान्तरण गरिएको छ । पिसिआर परीक्षण किट २सय ८८ वटा, आरडीटी किट १ हजार वटा, पिपिइ ५० सेट, एन ९५ मास्क ८० वटा, सर्जिकल मास्क ४ हजार वटा, ग्लोब्स १ हजार सेट र स्यानीटाइजर ५ लिटर सोमवार तानसेन आइपुगेको हो ।
नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले स्वास्थ्य सेवा विभागबाट पाल्पासम्म सामाग्री लिएर आउनुभएको थियो । नेता गैरेले विश्वभरी नै स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेका बेला, पाल्पालीहरुको पहलमा सामाग्री ल्याएको बताउनुभयो ।
पाल्पा क्षेत्र नं. २ का संघिय सांसद सोम प्रसाद पाण्डेले क्षेत्र नं. १ का संघिय सांसद दल बहादुर राना सहितले स्वास्थ्य मन्त्रालय तथा विभागमा  पटक पटक पाल्पाको लागि स्वास्थ्य सामाग्री माग गर्दै आएको जानकारी दिनुभयो ।
अहिले पाल्पा जिल्लामा १६ सय को हाराहारीमा भारत तथा अन्य मुलुकबाट आउनेहरुको संख्या रहेको छ । हिजो मात्र पाल्पाका विभिन्न स्थानमा ३४ जनाको स्वाव संकलन गरी टेष्टका लागि पठाइएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले यी किट तथा स्वास्थ्य सामाग्रीले अव परीक्षणको दायरा फराकिलो गर्न सकिने बताउनुभयो ।
पाल्पा जिल्लामा ४ वटा ठूला अस्पतालहरु रहेका छन् । ती अस्पतालहरु मार्फत कोरोना परीक्षणको लागि स्वाव संकलन गरी परीक्षण गरिदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले यी किटहरु मार्फत थप परीक्षण गर्न सकिने बताउनुभयो ।
पाल्पा जिल्लामा क्वारेनटान बनाइने पनि कतिपय मापदण्डमा रहेका छैनन् । जिल्लाका स्थानीय तहहरुले क्वावारेनटाइन बनाएपनि अव मापदण्ड अनुसारको बनाउनुपर्ने प्रदेश सांसद नारायण आचार्यको भनाई छ ।