युवा संघ पाल्पाको गस्ती, स्रोत नखुलेका तरकारी फिर्ता

तानसेन तिनाउ राष्ट्रिय समाचार

पाल्पा २७ वैशाख
युवा संघ पाल्पाले शुक्रवार राती तिनाउको दोभानमा गस्ती गरेको छ । कोरोना संक्रमण फैलिरहेको अवस्थामा भारतीय तरकारीहरु पाल्पा जिल्ला प्रवेश भएको सूचनाका आधारमा रातभर गस्ती गरेको युवा संघले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र दोभान प्रहरी चौकीको समन्वयमा रातको समयमा गस्ती गरिएको राष्ट्रिय युवा संघ पाल्पाले जनाएको छ । युवा संघ पाल्पाका गुँरास आत्रेयका अनुसार एउटा बोलेरो पिकअपमा १२ जना सर्लाही बाट बाग्लुङ जाने मानिसहरूलाइ यथास्थानमा जिल्ला प्रहरी प्रमुखको सहाएतामा फिर्ता गरिएको बताइएको छ । श्रोत नखुलेका फलफुल तथा तरकारी ल्याएका ३ वटा बोलेरो पिकअप आएकै स्थानमा फिर्ता गरिएको बताइएको छ । तरकारी तथा फलफुल सहितको गुल्मी जाने ५ वटा बलेरो पिकअप लाइ प्रहरिको निग्रानिमा सिधै गुल्मी जाने सर्त र गुल्मिको प्रसासन संग सम्वन्नय गरी पठाइएको युवा संघले जनाएको छ ।
कोरोना संक्रमण भारत तथा तराइका जिल्लाहरु फैलिरहेकोले पाल्पामा उच्च सर्तकता अपनाउन रातको समयमा गस्ती गरिएको युवा संघले बताएको छ ।