लकडाउनको डोरी– टिकटक बनाय २० हजार नगद

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

नारायण न्यौपाने

२१ बैशाख

कोरोनाको कारण अहिले मानिसहरु घर बाहिर निस्किन सकिरहेका छैनन् । यो समयमा अन्य काम संगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । अभिनयमा रुची राख्नेहरुले टिकटक बनाइरहेका छन । टिकटक टाइम पास गर्ने गतिलो माध्यम बनेको छ । टिकटकमा समय मात्रै बिताइरहेकाले मनोरञ्जन आदान प्रदान संगै नगद पनि पाउने भएका छन । यसका लागि सर्जक माधव न्यौपानेले लकडाउनको डोरी बोलको गित रिलिज गरे संगै टिकटक प्रतिशपर्धा सुरु गरेका छन । यो गितको टिकटक बनाउने र सबैभन्दा बढि भिउज पाउने १ जनालाइ नगद २० हजार दिने सर्जक न्यौपानेले बताए । उनि भन्छन,‘ यो गितमा कोरोनाबाट जोगिनका लागि सन्देस दिइयको छ, यो गित हेर्दा मानिसहरुमा चेतना जाग्छ अनि टिकटक बनाउनेलाइ एउटा उत्साह पनि हुन्छ, जसले यो गितको कुनै पनि अंसमा टिकटक बनाउनु हुन्छ त्यसमध्य १ जनालाइ २० हजार रुपैँया पुरस्कार दिइनेछ, मुल्याङकनको आधार टिकटकले पाउने भिउज हुनेछ ।’ टिकटक आगामि जेठको १५ गतेसम्म गितमा दिइएको ठेगानामा पठाउन न्यौपानेले आग्रह गरेका छन । लकडाउनको डोरी यहि साता रिलिज भएको हो । माधव न्यौपानेको सब्द रहेको गितमा संगित खुमन अधिकारीले गरेका छन, अधिकारीका साथ प्रिती आलेको आवाज छ । देशमा ख्याती कमाएका १ दर्जन बढि कलाकारले म्यूजिक भिडियोमा अभिनय गरेका छन । गितलाइ एम एम इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो