स्थानीय उत्पादनलाई प्राथमिकता दिइ छिमेकी जिल्लामा उत्पादीत तरकारी पाल्पामा विक्री गर्न पाइने

तानसेन राष्ट्रिय समाचार

पाल्पा १६बैशाख
पाल्पा जिल्ला सि।सि।एम।सि। बैठकबाट गठन गरिएको आपूर्ति व्यबस्थापन समितिको दोस्रो बैठकले छिमेकी जिल्लामा उत्पादित तरकारी पाल्पा प्रवेश तथा विक्री वितरणमा रोक नलगाउने निर्णय गरेको छ । मंगलवार तानसेनमा बसेको वैठकले पाल्पामा मात्र उत्पादित तरकारीको आपूर्तीमा कठिनाई भएको निष्र्कष निकाल्दै अन्य जिल्लाको उत्पादन पाल्पा प्रवेशमा रोक नलगाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले तरकारी फलफुल एवं दुग्ध जन्य पदार्थहरुको विक्री वितरण प्रत्येक दिन विहान ८ः०० —११ः०० वजे सम्म मात्र खोल्ने तथा खाद्यान्न पसलहरु आईतवार, मंगलबार , विहिवार र शुक्रबार विहान ८ः०० —११ः०० वजे सम्म खोल्ने व्यबस्था मिलाउने निर्णय गरेको छ । साथै वस्तु तथा सेवा विक्री वितरण गर्दा व्यक्तिगत दुरी कायम गरी सुरक्षित रहने व्यबस्था मिलाउन भनिएको छ । त्यसैगरी औषधी पसलहरु दैनीक रुपमा अनिवार्य खोल्ने व्यवस्था गरी खाद्मान्न ,तरकारी र ग्यास पसल बाहेक अन्य पसलहरु नखोल्ने निर्णय गरेको छ ।