रिब्दीकोट १ ख्याहामा राहत वितरण

राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा १२, बैशाख
सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाले दैनिक ज्यालामजदुरी गरी खाने तथा आर्थिक विपन्नता भएका परिवारलाई रिब्दीकोट गाउपालिका मार्फत राहत सहयोग गरेको छ । पाल्पाको रिब्दीकोट गाउपालिका वडा नं। १ ख्याहामा २३ परिवारलाइ खाद्यान्न र सुरक्षा सामाग्री सहयोग गरेको छ । त्यसैगरी गाउपालिकाले २८ घर र सस्थाले २३ घर गरि ५१ घरमा मानबिय सहायताकालागी राहत तथा सुरक्षा सामाग्री बाडिएको हो । जिल्लाका ५ वटा स्थानिय तहका ७ वटा वडामा सार्वजनिक शिक्षाको रुपान्तरणका लागि सहयोग गर्दै आएको सामाजिक स्रोत विकास केन्द्र नेपालले कोरोना संक्रमण फैलिएसंगै यसबाट सुरक्षित रहने स्वास्थ्य सामाग्री तथा विपन्न परिवारलाई खाद्यान्न राहत वितरणमा सहयोग गर्दै आएको छ । लामो समय देखिको लकडाउनका कारण अफ्ठेरोमा परेका ज्याला मजदुरिमा निर्भर रहेका, गर्भवती तथा सुत्केरी महिला र अपाङ्गता भएका परिवारलाई स्थानीय तहले निर्धारण गरेको मापदण्डअनुसार खाद्य वस्तु, सर्बोत्तम पिठो, गेडागुडी, मास्क, साबुन, सेनेटरी प्याड बितरणमा सहयोग गर्दै आएको हो ।


संस्थाले हाल सम्म बौघागुम्हामा ६, ख्याहामा २३ र पोखराथोकमा १५ गरी ४४ परिवारमा खाद्य बस्तु बितरण गर्न स्थानिय सरकालाई सहयोग गरेको छ । मानव अधिकार र सार्वजनिक शिक्षाको रुपान्तरणका लागि काम गर्दै आएको सामाजिक स्रोत विकास केन्द्र नेपालले देश कोरोना संक्रमणको चपेटामा परेको र आम मानिसहरु दैनिक जिवन यापन गर्नमा अप्ठेरो परेको अवस्थामा स्थानीय सरकार संग मिलेर सहयोग गरिएको सस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले बताउनुभयोे ।
सरकारले एक द्धार नीति मार्फत राहत वितरण गर्ने योजना अनुरुप नै विभिन्न संघ संस्थाहरु सहितको सहयोगमा गाउपालिका मार्फत राहत वितरण गरिएको रिब्दीकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । कोरोना संक्रमणबाट सुरक्षित हुने अभियान अन्तरगत ७ वटा हेल्थपोस्टमा ३ सय का दरले मेडिकल मास्क, १/१ लिटर सेनिटाइजर, २/२ वटा डिजिटल थर्म मिटर , १/१ वटा थर्मल गन सहयोग गर्दै आएको सामाजिक स्रोत विकास केन्द्र नेपालले जनाएको छ ।