बगनासकालीः ६ सय ११ घरलाई दोश्रो चरणको राहत

वगनासकाली
सेयर गर्नुहोस

पाल्पा, १२ वैशाख

जारी लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरिखानेहरुको लागि बगनासकाली गाउपालिकाले दोश्रो चरणको राहत कार्यक्रम संचालन गर्ने भएको छ । गाउपालिकाको कार्यपालिका वैठकमा ६ सय ११ घरपरिवारलाई दोश्रो चरणको राहत वितरण गर्ने निर्णय भएको हो । पहिलो चरणको राहत वितरण पछी छुटेका परिवारको वडा/वडाबाट लगत संकलन गरिएको थियो ।
शुक्रवार वडाको लगत तथ्याङक आएपछी ६ सय ११ घरपरिवारलाई राहत वितरण गरिने निर्णय भएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । पहिलो चरणको राहत वितरणमा पालिका भित्रका ३ सय ८१ घरपरिवारलाई वितरण गरिएको थियो ।


अन्य स्थानीय तहका स्थायी बासिन्दा भई बगनासकाली गाउपालिकामा कामको सिलसिलामा बसेका ६ घरपरिवार सहित ६ सय ११ घरलाई राहत वितरण गरिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बगनासकालीका किसानलाई राहत