जिल्ला समन्वय समितिद्धारा तिनाउमा अनुगमन

तिनाउ राष्ट्रिय समाचार

पाल्पा १२, वैशाख
जिल्ला समन्वय समितिको अगुवाइमा तिनाउ गाउपालिकामा अनुगमन भएको छ । तिनाउँ गाउँपालिका पाल्पामा कोरोना भाइरस रोकथाम तथा राहत वितरणका सम्बन्धमा जिल्ला स्तरीय अनुगमन भएको हो ।
अनुगमनमा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले कोरोना भाइरस रोकथाम र राहत वितरणका सम्बन्धमा गाउँपालिकाले वडा स्तरमा समन्वय समितिहरु गठन गरेको, सबैदलको सहमतिमा राहत वितरण गरेको, विदेशबाट आएका व्यक्तिहरुको निगरानी र स्वास्थ्य परीक्षण नियमित गरिएको जानकारी दिनुभयो ।

“सबैवडामा पहिलो चरणमा २८ लाख ६३ हजार बराबरको राहत विरण गरिएको, १० बेडको क्वारेन्टाइन स्थलको निर्माण गरी ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।” अध्यक्ष घर्तीले बताउनुभयो ।


उहाँले गाउँका महिला स्वयम्सेवीका, रेडक्रस, वडा अध्यक्ष, वडा सदस्य लगायतको समन्वयमा आपतकालिन स्वयम्सेवक गठन गरी तयारी अवस्थामा राखिएको, प्रहरी चौकी दोभानको समन्वयमा दैनिक जिल्ला भित्रनेलाई हेल्पडेक्स मार्फत स्वास्थ्य परीक्षण समेत गरेको जानकारी दिनुभएको थियो ।

अनुगमनका क्रममा तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की, वडा अध्यक्ष रोम बहादुर लम्तरी, प्रवत्ता राजेश श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष प्रेम पाण्डे लगायतको उपस्थिति रहेको थियो । अनुगमनको क्रममा मापदण्ड अनुसारको क्वारेन्टाइन र अत्यावश्यक व्यवस्थापन राम्रो रहेको पाइएको जिल्ला समन्वय समितिका प्रमुख मिरा मरासीनिले बताउनुभयो । “विपन्न वर्गको लागि राहतमा अनियमितता भएको गुनासो आएकोले हामीले अनुगमनलाई तिव्रता दिएका छौं, तर तिनाउमा भने राम्रो देखियो ।” मरासिनी भन्नुहुन्छ ।
जिल्ला समन्वय समितिको समन्वयमा भएको अनुगमनमा प्रदेश सभा सदस्य तुलाराम घर्ती, जिल्ला समन्वय प्रमुख मिरा मरासनी, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली, जिल्ला समन्वय समितिका सदस्य इन्द्रा चिदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतको सहभागिता रहेको थियो ।