नेपाल कम्यूनिष्ट पार्टी ७१ वर्ष प्रवेश

राष्ट्रिय समाचार

पाल्पा १०, वैशाख
नेकपा पाल्पाले नेता तथा कार्यकर्तालाई सुरक्षित रहदै जनताको सेवामा लाग्न अनुरोध गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीको ७१ वर्ष प्रवेशको अवसरमा नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले विज्ञप्ती मार्फत यस्तो अपिल गर्नुभएको हो ।
“कोरोना भाइरसका कारण मुलुक आक्रान्त भइरहेको सन्र्दभमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको पालना गर्दै आफु पनि सुरक्षित रहदै जनताको जिवन रक्षाको लागि अग्रसर हुन सम्पूर्ण नेता, कार्यकर्ता, तथा सुभेच्छुकहरुमा अनुरोध गर्दछु ।” विज्ञप्तीमा भनिएको छ ।
७१ वर्ष लामो राजनीतिक संर्घषको दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक संदेश दिएको आर्चायले बताउनुभएको छ । समाजवादी क्रान्तीको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यतर्फ उन्मुख हुन थप प्रेरणा मिलेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कम्युनिष्ट आन्दोलन मार्फत आमूल परिवर्तनका लागि लाग्नुहुने सम्पूर्ण नेता, कार्यकता तथा सुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्दछौं । नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।