नेपाली काँग्रेस बगनासकालीद्धारा विपत व्यवस्थापनकोषमा ५० हजार १ सय ११ रुपैया सहयोग

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा ९ बैशाख
विष्णु घिमिरे
नेपाली काँग्रेस बगनासकाली गाउ समितिले कोरोना संक्रमण रोकथामका लागि बगनासकाली गाउपालिकालाई ५० हजार १ सय ११ रुपैया सहयोग गरेको छ । नेपाली काँग्रेस बगनासकाली गाउसमितिका सभापति यमलाल तिमिल्सेनाले अध्यक्ष कृष्ण प्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछी गरिव तथा विपन्न वर्गका मानिसहरुको दैनिकी कष्टकर भएकोले राहत प्रदान गर्न गाउपालिकालाई सहयोग गरिएको नेपाली काँग्रेसले जनाएको छ । “देश नै लकडाउनका वेला सबैको सामाजिक जिम्मेवारी हुन्छ, हामीले पनि सामाजिक जिम्मेवारी वहन गरेका हौं ।” नेपाली काँग्रेसका बगनासकाली सभापति यमलाल तिमिल्सेनाले पाल्पापाटीलाई बताउनुभयो । गाउपालिकाको प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म प्रदेश सांसद नारायण प्रसाद आर्चायबाट ३० हजार, राष्ट्रिय वाणिज्य वैंकबाट २० हजार, प्याव्सन पाल्पाबाट २० हजार, पाल्पाली समाज पोखराबाट १० हजार, बेस नेपालबाट १० हजार र पिस पोइन्ट रिसोर्टबाट ३ हजार रुपैया प्राप्त भएको गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो ।

बगनासकाली गाउपालिका भित्रका स्वास्थ्य क्षेत्र वाहेकका कर्मचारीहरुको अधिकृत स्तरको ५ दिन बरावर र सहायक स्तरको ३ दिन वरावरको तलव स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा राख्ने निर्णय भएको छ । त्यसैगरी कार्यपालिका सदस्यहरु १७ जना ले ३ हजारको दरले ५१ हजार रुपैया स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा राख्ने निर्णय भएको प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले पाल्पापाटीलाई जानकारी दिनुभएको छ ।