तिनाउः विपन्नको राहतमा जुटे सिमेन्ट तथा खानीउद्योगहरु

तिनाउ राष्ट्रिय समाचार

विष्णु घिमिरे

पाल्पा ८ वैशाख

नेपालमा यतिवेला लकडाउन जारी छ । देश संकटको अवस्थामा छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई अप्ठेरो परिरहेको छ । विभिन्न स्थानीय तहहरुले दैनिक ज्यालामजदुरी गरी खानेहरुको लागि खाद्यान्न राहत वितरण गरिरहेका छन् । पाल्पा जिल्लाका १० वटै स्थानीय तहहरुले पहिलो चरणमा राहत वितरण गरिसकेका छन् ।
तिनाउ गाउपालिकाले पनि पहिलो चरणको राहत सक्याएर दोस्रोचरणको राहत वितरण सुरु गरिसकेको छ । तिनाउ गाउपालिकामा संचालन भएका विभिन्न उद्योग, संघ सस्थाहरु तथा व्यक्तिहरुले पनि गाउपालिकामा बसोवास गर्ने अति विपन्न वर्गलाई राहतमा जुटेको समाचार प्राप्त भएको छ ।

खासगरी तिनाउमा संचालित खानी उद्योगहरुले संकटको यो वेला जनताको छाक टार्न सहयोगी भुमिका खेलेका छन् । खानी उद्योगहरुले गाउपालिका मार्फत आ–आफ्नो प्रभावित क्षेत्रका जनतालाई खाद्यान्न राहत वितरण गरेका छन् । तिनाउ गाउपालिकामा ६ वटा खानी उद्योगहरु संचालनमा रहेका छन् । सवोत्तम सिमेन्टले ३ लाख बरावरको खाद्यान्न सहयोग गरेको छ, त्यसैगरी अर्घाखाची सिमेन्टले साढे ३ लाख, अल्फा सिमेन्टले १ लाख, कन्चन कोएरिजले २ लाख, र डोलोमाइट चुन ढुङगा खानीले १ लाख बरावरको खाद्यान्न सहयोग गरेको गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले पाल्पापाटीलाई बताउनुभएको छ । उहाका अनुसार सत्यवती चुनढुङगा खानीले राहत दिने तयारीमा रहेको बताउनुभयो ।

तिनाउमा दोश्रो चरणको राहत वितरण सुरु

जिल्लाको तिनाउ गाउँपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । गाउपालिकाको वडा नं २ दोभानमा १ सय घर परिवारलाई राहत वितरण गरीएको छ । दैनिक ज्याला मजदुरी गरी जिविका चलाउने विपन्न वर्गका परिवारलाई राहत दिने निर्णय भए अनुसार दोभानमा राहत वितरण गरिएको तिनाउ पालिकाले जनाएको छ । “गाउँ पालिकाबाट वडामा १ लाख रुपैया राहत वितरणको लागि पठाइएको थियो सोही अनुसार १ सय घरपरिवारलाई वितरण गरीएको छ ।”वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी तिनाउको वडा नं ३ मरेकमा चुनखानी संचालन गरीरहेको कन्चन कोएरिजले २ लाख वरावरको राहत सामाग्री गाउपालिकालाई हस्तान्तरण गरेको थियो । “चुनखानीबाट प्राप्त भएको राहत वडा नं। ६ को अर्खले, वडा नं। ३ को मरेक, लग्दुवा र झुम्सा गरी १ सय परिवारलाई वितरण गर्न वडा अध्यक्षहरु टोम बहादुर पुन र प्रेम पाण्डेलाई हस्तान्तरण गरीगरीए हो ।” गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।

त्यस्तै वडा नं। ५ को डोलोमाईट चुनढँुगा खानी संचालक सन्तोष श्रेष्ठले १ लाख ५० हजार बरावरको राहत सामाग्री वडा कार्यालयमा दिएको छ । वडा नं। ५ को गीट्टीखानी, केरावारी, पाताल, चरचरे लगायतका क्षेत्रका अति विपन्न ५० घरपरिवार लाई उक्त राहत वितरण गरिएको वडा अध्यक्ष दल बहादुर दर्लामीले बताउनु भयो । त्यस्तै तिनाउ गाउपालिकाको वडा नं। २ सुकेतालमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम गरी स्वयंसेवक परिचालन समुह गठन गरीएको छ । कोरोना महामारी रोकथाम, बच्ने उपाय तथा लकडाउनको पालनाको लागि अनुरोध गरिएको गाउपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । प्रत्येक वडामा स्वयंसेवक परिचालन समूह गठन गरी नागरिकलाई सचेतिकरण गरिने प्रवत्ता राजेश श्रेष्ठको भनाई छ ।