बुटवलबाट उद्यार गरी ल्याइएका ५ जना बगनासकालीको क्वारेन्टाइनमा

राष्ट्रिय वगनासकाली समाचार

पाल्पा ८ वैशाख
दाङ जिल्लामा विभिन्न व्यवसाय संचालन गर्दै आएका पाल्पाका ५ जनालाई बगनासकाली गाउपालिकाले उद्यार गरी पाल्पा ल्याएको छ । उनीहरु बुटवल आएपछी त्यहाबाट बगनासकाली गाउपालिकाले ल्याएको थियो । उनीहरुलाई गाउपालिकाले संचालन गरेको ग्राह्य माविको क्वारेनटाइनमा राखिएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।

उद्यार गरी ल्याइएकामा बगनासकाली गाउपालिकाका ३ जना, रिब्दीकोट गाउपालिकाका १ जना र माथागढी गाउपालिकाका १ जना रहेका छन् । यस अघि पनि गत चैत्र १२ गते भारतबाट उद्यार गरी ल्याइएकाहरुलाई उक्त क्वारेन्टाइनमा राखिएको थियो ।