तानसेनले सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने

तानसेन राष्ट्रिय समाचार

पाल्पापाटी डेस्क
पाल्पा ८ वैशाख
लामो समयदेखीको लकडाउनका कारण खाद्यान्न किन्न समेत समस्या हुने देखिएपछी तानसेन नगरपालिकाले सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने भएको छ । तानसेन युवा परिषद मार्फत सहुलियतमा तरकारी उपलब्ध गराउदै आएको तानसेन नगरपालिकाले अव सहुलियत दरमा खाद्य सामाग्री उपलब्ध गराउने भएको हो । परिवारका सदस्यको आधारमा किटान गरिने तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । “पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संग संघको समन्वयमा नागरिकका घर घरमै सहुलियत खाद्यान्न पुग्छ” मेयर अशोक कुमार शाही बताउनुहुन्छ ।

त्यसैगरी खाद्य सामाग्री खरिद गर्न नसक्नेका लागि वडाबाट निशुल्क राहत वितरण गरिने सूचना अधिकारी दुर्गा थापाले बताउनुभयो ।
४ जना सम्मको परिवारका लागि चामल २५ किलो ४५ रुपैयाको दरले, आटा १० किलो र नुन १ प्याकेट १७ रुपैयामा विक्री गरिने बताइएको छ । त्यसैगरी ४ जना भन्दा बढीको परिवारका लागि चामल ५० किलो, आटा २० किलो र नुन १ प्याकेट सहुलियत दरमा उपलब्ध गराइने बताइएको छ ।