पत्रकारको सुरक्षामा ध्यान दिन प्रेस संगठनको आग्रह

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा ७ बैशाख
प्रेस संगठन नेपाल पाल्पाले संकटका वेला काम गर्ने पत्रकारहरुको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । प्रेस संगठन नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले प्रेस विज्ञप्ती निकाल्दै कार्यस्थलमा खट्नुपर्ने पत्रकारहरुको सुरक्षाका लागि आवश्यक सामाग्री संचारगृहले उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । पिपिइ सेट, मास्क, सेनिटाइजर र ग्लोब्स जस्ता अत्यावश्यक सामग्रीहरुको सहज उपलव्धता गराई उनीहरुलाई कोरोना भाइरस संक्रमवाट सुरक्षित हुने वातावरणको निर्माणमा सम्बन्धित संचार गृहले जिम्मेवार बन्न आग्रह गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।
संक्रमणबाट बच्न नेपाल सरकारले अपनाएको लकडाउनवाट दैनिक गुजारा चलाउन समस्या परेको गरिव, श्रमिक र जोखिम समूहका वर्गलाई उचित राहतको व्यवस्था गर्न,सहज खाद्यान्न आपूर्ति गर्न, गन्तव्यमा पुग्न नसकी सडकमा अलपत्र परेका नागरिकलाई सुरक्षित घरसम्म पु¥याउने सहज वातावरण सिर्जना गर्न, उच्च मनोवलका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । विज्ञप्तीमा भनिएको छ ।