बगनासकालीले कृषकलाई विउ खरिदमा ५० प्रतिशत अनुदान दिने

राष्ट्रिय वगनासकाली समाचार
सेयर गर्नुहोस

पाल्पा
बगनासकाली गाउपालिका पाल्पाले कृषकहरुलाई विउ खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । कोरोना संक्रमणका कारण लकडाउन भएपछी मारमा परेका कृषकहरुलाई व्यवसायिक उत्पादनमा ५० प्रतिशत अनुदान दिने निर्णय गरिएको गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।
“अहिले धान तथा तरकारी खेती गर्न चाहेका व्यवसायिक किसानहरुलाई विउ खरिदमा सहुलियत होस भनेर अनुदान दिने निर्णय गरेका छौं । ” अध्यक्ष बस्यालको भनाई छ ।
केही दिन अगाडीको असिना पानीले कृषकहरुको वालीनालीमा क्षती पुरयाएको गुनासो आएको थियो । “असिनापानीले पुगेको क्षतीको विवरण संकलन गरिरहेका छौं, उनीहरुलाई राहत दिने निर्णय भएको छ ।” कृषि शाखा प्रमुख राजेश वोहोराले बताउनुभयो । लकडाउनका कारण ब्रोइलर कुखुरा पालन गरेका कृषकहरु मर्कामा परेका समाचार आएपछी गाउपालिकाको पहलमा स्थानीय स्तरमै विक्री वितरण मा सहजिकरण सुरु गरेको बताइएको छ ।