दोश्रो चरणको राहतमा जुट्दै बगनासकाली

राष्ट्रिय वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा, ७ वैशाख
जारी लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरिखानेहरुको लागि बगनासकाली गाउपालिकाले दोश्रो चरणको राहत कार्यक्रम संचालन गर्ने भएको छ । गाउपालिकाका कार्यपालिका वैठकमा दोश्रो चरणको राहत वितरण गर्ने निर्णय भएको हो । पहिलो चरणको राहत वितरणमा पालिका भित्रका ३ सय ८१ घरपरिवारलाई वितरण गरिएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । दोश्रो चरणको राहतको लागि पहिलेका छुटेका समेत तथ्याङक संकलनको काम भईरहेको र केही दिनमा पुनः राहत वितरण गरिने बगनासकाली गाउपालिकाका प्रवत्ता लक्ष्मी अधिकारीले बताउनुभयो ।


त्यसैगरी बगनासकाली गाउपालिका भित्रका स्वास्थ्य क्षेत्र वाहेकका कर्मचारीहरुको अधिकृत स्तरको ५ दिन बरावर र सहायक स्तरको ३ दिन वरावरको तलव स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा राख्ने निर्णय भएको छ । त्यसैगरी कार्यपालिका सदस्यहरु (१७ जना) ले ३ हजारको दरले ५१ हजार रुपैया स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा राख्ने निर्णय भएको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पाल्पापाटीलाई जानकारी दिनुभएको छ । प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठका अनुसार हाल सम्म गाउपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस बगनासकालीबाट ५० हजार १ सय ११, प्रदेश सांसद नारायण प्रसाद आर्चायबाट ३० हजार, राष्ट्रिय वाणिज्य वैंकबाट २० हजार, प्याव्सन पाल्पाबाट २० हजार, पाल्पाली समाज पोखराबाट १० हजार, बेस नेपालबाट १० हजार र पिस पोइन्ट रिसोर्टबाट ३ हजार रुपैया प्राप्त भएको जानकारी दिनुभयो ।