श्रमजीविको राहतमा जुट्न कांग्रेसको अपिल

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, ६ वैशाख
नेपाली कांग्रेस पाल्पाले संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिँदै त्रासको वातावरण सिर्जना हुँदै गएको वर्तमान परिस्थितिमा आमनागरिकहरुको स्वास्थ्यप्रति सचेत रहँदै सुरक्षित रहन सबै पाल्पालीलाई आग्रह गरेको छ ।
पार्टी सभापति तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यबीरबहादुर रानाले शनिबार विज्ञप्ति जारी गर्दै पाल्पा जिल्लाका सबैतहगत संरचनामा रहेका नेतृत्वलाई यथा समयमा आवश्यक राहत सामाग्री उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘राहतवितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकोले त्यसलाई सुधार गर्न आग्रहगर्दै लकडाउनका समयमा दैनिकज्यालादारी मजदुरी गरेर जीवननिर्वाह गर्नेमजदुर र श्रमजीविवर्गलाई ठूलो मार परेको हुँदा पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं ।’
विज्ञप्तिमा सभापति रानाले आवश्यक राहतको अभावमाखान र बस्न समस्या झेलेका मजदुर रन्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घर तर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य उनीहरुका लागि गन्तव्य सम्म पु¥याउने व्यवस्था मिलाउन जोडदार माग गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषंम परिस्थितिमा अझ उच्चमनोवलका साथ कार्य क्षेत्रमा लाग्न र उच्च सुरक्षा प्रवन्ध मिलाउन गरिएका परिक्षणलाई थप तिव्रता दिन एवं औषधी उपचारको राम्रो प्रवन्ध मिलाउन हार्दिक अपिलगर्दछौं ।’