तिनाउमा दोश्रो चरणको राहत वितरणको लागि ६ लाख विनियोजन

तिनाउ पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, ५ वैशाख
तिनाउ गाउपालिका पाल्पाले विभिन्न शिर्षकलाई रकमान्तर गरी ६ लाख रुपैया दोश्रो चरणको राहत वितरणको लागि विनियोजन गरेको छ । दैनिक ज्याला मजदुरी गरी जिवन निर्वाह गर्ने अतिविपन्न वर्गको लागि राहत वितरण गर्न अन्य खर्च शिर्षकलाई रकमान्तर गरीएको गाउपालिकाले जनाएको छ । यस अघि तिनाउ गाउपालिकाले ४ लाख ५० हजार रकम विनियोजन गरी राहत वितरण गरिएको गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।


त्यसैगरी तिनाउ गाउपालिकाको कार्यपालिका वैठकले वडा अध्यक्षको संयोजकत्वमा कोरोना महामारी नियन्त्रणको लागि वडा स्तरीय समिति गठन गरेको छ । प्रदेश नं. ५ को सहयोगमा जनचेतना अभिवृद्धीको लागि स्वयंसेवक परिचालन गर्न समिति गठन गरि काम गरिएको अध्यक्ष ओम बहादुर घर्तीले पाल्पापाटीलाई बताउनुभयो ।