नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

तानसेन तिनाउ पाल्पा विविध पूर्वखोला रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

विष्णु घिमिरे

पाल्पा ५, वैशाख
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

कोरोना भाइरस कोभिड १९ कारण विश्वमा करिव डेढ लाख मानिसको ज्यान गएको छ । प्रदेशसभा सदस्यसमेत रहनुभएका आचार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले व्यक्तिगततर्फबाट जिल्लाका दश वटै स्थानीय तहलाई ३०/३० हजार रुपैंया प्रदान गर्ने बताउनुभयो ।

राजनीतिक क्षेत्रमा लागेपछि आफूले निस्वार्थ जनताको सेवा गरेको र यो संकटका बेलामा आफूले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नु उपयुक्त लागेको अध्यक्ष आचार्यको भनाई रहेको छ ।