बस्याल दम्पतीद्धारा चैत्र महिनाको घरभाडा नलिने घोषणा

पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

पाल्पा २, वैषाख
तानसेन मेहल्धारामा बस्दै आउनुभएका कृष्ण प्रसाद बस्यालले आफ्नो घरमा भाडामा बस्नेहरुको लागि चैत्र महिनाको भाडा नलिने घोषणा गर्नु भएको छ । विश्वभर कोरोना संक्रमण फैलन थालेपछी सरकारले लकडाउन गरेसंगै आर्थिक राहतको लागि बस्यालले घरभाडा नलिने बताउनुभएको हो । “मासिक ३५ हजार हुदो रैछ, लकडाउनले समस्या परेको होला, मैले यति भाडा नलिदा पनि केही राहत होला भनेर छुट दिने भनेको हुँ ।” बस्यालले पाल्पापाटी संग भन्नुभयो ।


बगनाकाली गाउपालिका पाल्पाका अध्यक्ष समेत रहनुभएका कृष्ण प्रसाद बस्यालले लकडाउन सुरु भएलगत्तै ज्याला मजदुरी गरी खानेहरुको लागि जिल्लामै पहिलोपटक राहत वितरण गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन अगाडी नै अध्यक्षको तलव नलिने घोषणा गर्नुभएका बस्यालको तलव गरिवहरुको हितमा प्रयोग हुदै आएको थियो ।